११ मंसिर २०८१, मंगलवार

अनेसास डीसी मेट्रो च्याप्टरका नवनिर्वाचित पदाधिकारीहरूको सपथग्रहण सम्पन्न

कोलोराडोखबर संवाददाता , November 26th, 2024

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) डीसी मेट्रो च्याप्टरको नवनिर्वाचित पदाधिकारीहरूको सपथग्रहण एवम् पदस्थापन कार्यक्रम गत शनिवार सम्पन्न भएको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्तीको अवसर पारेर गरिएको कार्यक्रममा नन्दादेवी स्मृतिग्रन्थको लोकार्पण, स्रष्टासम्मान तथा कवितावाचन पनि गरिएको छ ।

वर्ष २०२४–२६ का लागि नीलकण्ठ सुवेदी अध्यक्ष रहेको उक्त नवनिर्वाचित समितिमा कविन्द्र सिटौला वरिष्ठ उपाध्यक्ष, शकुन्तला अधिकारी उपाध्यक्ष, जगन्नाथ पौडेल महासचिव, गोमा न्यौपाने सचिव, मनीष पोख्रेल कोषाध्यक्ष, तनुजा पोख्रेल, श्रेष्ठ समनश्री, दिलिप नेपाल, विमला थापा, रामहरि फुयाल र भुवनप्रसाद सिग्देल सदस्य रहेका छन् ।

मनाससको बुलरन लाइब्रेरीमा सम्पन्न उक्त कार्यक्रममा प्राडा मोहनप्रसाद तिमल्सिनालाई खादा माला दोसल्ला र अभिनन्दनपत्रबाट अभिनन्दन गरियो भने साहित्यकार देवेन्द्रप्रसाद उपाध्याय र मीना सुवेदीलाई नेपाली भाषासाहित्यमा पुर्याएको योगदानको कदरस्वरूप सम्मान गरियो ।

सोही कार्यक्रममा अनेसासका संस्थापक सदस्य नन्दादेवी सुवेदीको स्मृतिमा आधारित ‘नन्दादेवी स्मृतिग्रन्थ’ को लोकार्पण गरियो ।

दुई चरणमा सम्पन्न उक्त कार्यक्रममा प्राडा मोहनप्रसाद तिमल्सिना, अनेसासका अभिभावक होमनाथ सुवेदीले स्मृतिग्रन्थको बारेमा बोलेका थिए भने अनेसासका केन्द्रीय उपाध्यक्ष सुदीपभद्र खनालले कविता वाचन र शुभकामना मन्तव्य राखे ।

कार्यक्रममा बीओटी महासचिव प्रकाश नेपालले शुभकामना मन्तव्यसहित कविता वाचन गरे भने आज्ञा नेपाल, कवीन्द्र सिटौला, भीम रेग्मी, जगन्नाथ पौडेल, मीना सुवेदी,सुशिल नेपाल लगायत कविहरूले कविता वाचन गरे । बीओटी सचिव नारायण अधिकारी, कवि तथा गीतकार अम्बिका गुरुङ, कवि राम अधिकारी, सल्लाहकार रामशरण हुमागाईं, एएनएका अध्यक्ष खगेन्द्र अधिकारी, समाजसेवी प्रेम पौडेल, दर्जनौं कवि, साहित्यकार तथा समाजसेवी व्यक्तिगतहरूको उपस्थिति रहेको कार्यक्रलाई अध्यक्ष नीलकण्ठ सुवेदीले धन्यवादसहित समापन गरे ।

प्रतिक्रिया दिनुहोस्