नेपाल । प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाई अस्वस्थ भएका छन् ।
स्वास्थ्यमा समस्या भएपछि उनलाई आइतबार साँझ वीर अस्पतालमा भर्ना गरिएको थियो । साइबर अपराधको कसुरमा प्रसाईंलाई गत ५ मंसिरमा पक्राउ गरिएको थियो ।
आइतबार म्याद थपका लागि अदालतमा उपस्थित गराइएका बेला प्रसाईंले आफू क्यान्सरको बिरामी भएकाले उपचारको व्यवस्था मिलाइदिन माग गरेका थिए ।
गत सोमबार पत्रकार सम्मेलन गरी प्रसाईंले प्रधानमन्त्री ओलीको कम्बोडियामा रहेको टेलिकम कम्पनी एक्जिएटामा लगानी रहेको आरोप लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस्