१० मंसिर २०८१, सोमबार

नेकपा एमालेले बुझ्न मानेन जरिवाना असुल्ने बालेनको पत्र !

कोलोराडोखबर संवाददाता , November 25th, 2024

नेपाल । नेपाल एमालेले शुक्रबार काठमाडौंमा आयोजना गरेको जागरण सभाका क्रममा दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाले जरिवाना असुल्ने प्रयास जारी राखेको छ ।

आइतबार महानगरको एक टोली एमाले पार्टी कार्यालयमा नै पुगेर पत्र दिन खोजे पनि एमालेले दर्ता गर्न मानेन । यसअघि दिएको पत्रमा एमालेले बेवास्ता गरेपछि बालेनले अर्को पत्र दिएर पठाएका हुन् ।

पार्टी कार्यालयले जागरण सभाको आयोजक उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटी भएकाले त्यहीँ बुझाउन भन्दै पत्र बुझ्न अस्वीकार गर्‍यो ।

एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले चिठी बेठिक ठाउँमा आएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्