अमेरिका । अमेरिकी सडकमा गाडी दुर्घटना हुँदा दुई नेपालीको ज्यान गएको छ । रुकुम आठबीसकोट र बर्दियाका व्यक्तिको मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा सुरेश केसी तथा बिबेक सुबेदी भएको बुझिएको छ ।
अमेरिकाको संघीय राजधानी वासिङ्टन डीसीबाट करिब २५ मिनेट दुरीमा रहेको डलर्स इन्टरनेसनल एयरपोर्टबाट करिब १० मिनेटको दूरीमा रहेको लाउडन काउन्टिङको साउथ राइडिङ भन्ने ठाउँमा दुर्घटना भएको हो ।
मृतकहरू दुर्घटनास्थलबाट नजिकै रहेको ‘आगो नेपाली रेस्टुरेन्ट’मा काम गर्ने कर्मचारी रहेको बताइएको छ ।
घटना अमेरिकी समयअनुसार शुक्रबार राति साढे १२ बजे भएको हो ।
प्रतिक्रिया दिनुहोस्