नेपाल । सभामुख देवराज घिमिरे कम्बोडिया जाने भएका छन् ।
सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलनमा सहभागी हुन सभामुख घिमिरे मंसिर ७ गते कम्बोडिया जान लागेका हुन् । कम्बोडियाको नोम पेन्ह सहरमा नोभेम्बर २३ देखि २६ सम्म उक्त सम्मेलन हुँदैछ ।
सभामुख घिमिरे ७ गते गएर ११ गते फर्कने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ ।ग्लोबल काउन्सिल फर टोलरेन्स एन्ड पिसले विभिन्न मुलुकका सांसदबीच अन्तर्क्रियाका लागि सन् २०१७ देखि यस्तो सम्मेलन आयोजना गर्दै आएको छ ।
सोही कार्यक्रममा सहभागी हुने शिलशिलामा काङ्ग्रेसबाट सुजाता कोइराला, एमालेबाट बाग्मती इन्चार्ज डा. राजन भट्टराई र बिदेश बिभाग प्रमुख रघुवीर महासेठ बुधबारनै कम्बोडिया प्रस्थान गरेका छन् । माओवादीका अग्नी सापकोटासहित अन्य पार्टीका केही नेताहरु पनि कम्बोडिया जाने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्