११ आश्विन २०८१, शुक्रबार

अष्ट्रेलियामा आँधीको आतंक

कोलोराडोखबर संवाददाता , December 27th, 2023

एजेन्सीहरु । अष्ट्रेलियामा आँधीको आतंकले त्रासको अवस्था सिर्जना भएको छ ।

क्वीन्सल्याण्ड राज्यको दक्षिणपूर्वी भागमा क्रिसमसको रातमा भीषण आँधीसहित चट्याङ आउँदा ठूलो दुर्घटना निम्तिएको छ । चट्याङका कारण एक महिलाको मृत्यु भएको छ ।

आँधीबाट १ लाख २० हजारभन्दा बढी घरहरू बिजुलीविहीन भएको समाचारहरु आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्