६ मंसिर २०८१, बिहीबार

नेपालमा ३ महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्स

कोलोराडोखबर संवाददाता , November 21st, 2024

नेपाल । नेपाल भित्रले रेमिट्यान्स ११.५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको तथ्यांकमा आधारित देशको वर्तमान तथा वित्तीय स्थितिको तथ्यांकमा रेमिट्यान्स आप्रवाह बढेको देखिएको हो ।

उक्त तथ्यांक अनुसार यस अवधिमा ११.५ प्रतिशतले वृद्धि भई ४०७ अर्ब ३१ करोड रेमिट्यान्स भित्रिएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.८ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २ अर्ब ७६ करोड रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्