६ मंसिर २०८१, बिहीबार

चार महिनामा वैदेशिक रोजगारीका लागि दुई लाख ४१ हजारले लिए श्रम स्वीकृति

कोलोराडोखबर संवाददाता , November 21st, 2024

नेपाल । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार गत आव २०८०/८१ को चार महिनाको तुलनामा चालु आवको सो अवधिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या झन्डै १५ प्रतिशतले बढेको हो ।

विभागका अनुसार चालु आवको चार महिनामा वैदेशिक रोजगारीका लागि दुई लाख ४१ हजार ५८३ जनाले श्रम स्वीकृति लिएकामा गत आवको सो अवधिमा दुई लाख छ हजार ३१६ जनाले श्रम स्वीकृति लिएर विदेश गएका थिए ।

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या गत आवको सङ्ख्याभन्दा यो आवको ३५ हजार २६७ जना (१४.५९ प्रतिशत) ले बढी हो ।

प्रतिक्रिया दिनुहोस्