कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाको अध्यक्षमा किरण अधिकारी चयन भएका छन् । अधिकारी यसअघि महासचिव थिए ।
अनेसासको नयाँ कार्यसमितिमा उपाध्यक्षमा निर्मला अर्याल, कोषाध्यक्षमा शर्मिला शर्मा र सदस्यहरुमा देव भट्टराई, सिर्जना अर्याल र रञ्जु आचार्य चयन भएका छन् ।
संस्थाको महासचिव, सचिव र एक सदस्यमा उम्मेदवारी नै परेन । यी पदहरुमा मनोनित गरी ९ सदस्यीय कार्यसमितिलाई पूर्णता दिने जनाइएको छ ।
यसअघि राजु सिटौला अध्यक्ष थिए । उनी हाल अनेसास केन्द्रीय समितिको महासचिव छन् ।
डा. भीमप्रकाश कट्टेलको संयोजकत्वमा डा. संगीता श्रोत्रिय र सुदेश शर्मा रहेको तीन सदस्यीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम सम्पन्न गरेको हो ।
प्रतिक्रिया दिनुहोस्