६ मंसिर २०८१, बिहीबार

नेपाली शेयर बजारमा ५१ अंकको गिरावट

कोलोराडोखबर संवाददाता , November 20th, 2024

नेपाल । नेपाली शेयर बजारमा उच्च अंकको गिरावट देखिएको छ ।

मंगलबार नेप्से परिसूचक ५१ दशमलव ११ अंकले घटेर दुई हजार सात सय दुई दशमलव ६५ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ८५ प्रतिशतको गिरावट हो ।

तीन सय १० कम्पनीको दुई करोड २५ लाख ८८ हजार दुई सय ४७ कित्ता शेयर एक लाख पाँच हजार आठ सय २७ पटक खरिदबिक्री हुँदा रू १० अर्ब ४६ करोड ८३ लाख २० हजार पाँच सय २१ बराबरको कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्