नेपाल । साहित्य सदन नेपालले संस्थापक अध्यक्ष कविवर केदारमान व्यथितका नाममा स्थापित ‘व्यथित साहित्य सम्मान २०८१’ बाट वरिष्ठ साहित्यकार विजय चालिसेलाई सम्मानित गरेको छ ।
प्राडा पद्मप्रसाद देवकोटाले सम्मानित व्यक्ति चालिसेलाई सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो । लेखक चालिसेले साहित्य लेखन र आमसञ्चारका क्षेत्रमा समर्पित रही लामो समयदेखि योगदान गर्दै आउनुभएकाले उहाँको समर्पणको कदर गर्दै यो सम्मान प्रदान गरिएको साहित्य सदन नेपालले जनाएको छ । सम्मानित व्यक्तित्व चालिसेलाई सम्मानका साथमा २० हजार रुपियाँ प्रदान गरिएको थियो ।
चालिसेले सम्मानले दायित्व बढेको महसुस भएको बताउनुभयो । लेखक चालिसेको भर्खरै प्रकाशित उपन्यास ‘युगसन्धि’ अहिले चर्चामा रहेको छ । वैदिक पृष्ठभूमिमा आधारित यो उपन्यास परिचय पब्लिकेसनले प्रकाशित गरेको हो ।
प्रतिक्रिया दिनुहोस्