६ मंसिर २०८१, बिहीबार

एनआरएनए कार्यकारी तथा सचिवालयबीचको बैठकबाट कार्ययोजना निर्माण

कोलोराडोखबर संवाददाता , November 20th, 2024

नेपाल । एनआरएनए कार्यकारी तथा सचिवालय बीच सामूहिक छलफल तथा कार्ययोजना बैठक मंगलबार सम्पन्न भएको छ ।

यस हाइब्रिड मोडेलको बैठकमा अन्तर्राष्ट्रिय कार्यकारी पदाधिकारी सदस्यहरू र कर्मचारीहरू जुममार्फत अनलाइन तथा बैठक स्थलमै सहभागी भई संस्थाका उद्देश्यहरू, प्रभावकारी कार्यविधिहरू, र भविष्यको स्पष्ट कार्ययोजना निर्माण गर्न जुट्नुभएको थियो ।

कार्यशालामा स्रोत र समयको व्यवस्थापन गर्दै विभिन्न विभागीय संरचनाबीच सहकार्य र समन्वयको पहिचान, तथा समग्र संस्था सुधारका लागि क्रस–कटिङ मुद्दाहरू सम्बोधन गर्ने विषयमा छलफल गरियो। यसले स्रोत व्यवस्थापन, समयको सही उपयोग र प्रभावकारी सञ्चारमार्फत कार्ययोजनालाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ ।

कार्यक्रममा प्रगति, मुख्य चुनौतीहरू, र विश्वव्यापी नेपाली समुदायलाई सेवा पुर्‍याउन विविध प्रयासहरूलाई अझ सुदृढ पार्नका लागि आवश्यक आगामी कदमहरूको विषयमा सक्रिय छलफल भयो ।

यसले संस्थागत उपलब्धि हासिल गर्न र नेपाल र विश्वभरका एनआरएन समुदायहरूलाई सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने मार्ग प्रशस्त गरेको एनआरएनएका प्रवक्ता फणिन्द्र पन्तले जानकारी दिनु भयो ।

पूरा दिनको कार्यशाला अवधिमा समय–समयमा गत एक वर्षको प्रगति अद्यावधिक पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्