नेपाल। विवादास्पद अभिव्यक्ति दिंदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ मंगलबार पक्राउ परेका छन् ।
भक्तपुरस्थित आफ्नै घरबाट उनलाई सीआईबीको टोलीले पक्राउ गरेको हो ।
प्रसाईंको फेसबुक पेजबाट एक अफवाहजन्य भिडिओ रिपोर्ट सार्वजनिक गरिएको थियो । त्यसको भोलिपल्टै उनी पक्राउ परेका हुन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नागरिकता र हस्ताक्षर किर्ते गरी कम्बोडियामा ३२ अर्ब बढी लगानी रहेको रिपोर्ट सार्वजनिक गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्