२३ बैशाख २०८२, मंगलवार

नेपाली बजारमा प्रतितोला १ हजार बढ्यो सुनको मूल्य

कोलोराडोखबर संवाददाता , November 19th, 2024

नेपाल । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आइतबार प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार एक हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला एक लाख ६१ हजार रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ ।आइतबार प्रतितोला एक हजार ९०५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार ९२० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्