६ मंसिर २०८१, बिहीबार

कोलोराडोमा निवासी नेवाः समुदायले बिभिन्न कार्यक्रमका साथ मनाए नेपाल सम्बत ११४५ (फोटो फिचर)

कोलोराडोखबर संवाददाता , November 19th, 2024

–नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपाल संम्बत ११४५ को उपलक्ष्यमा कोलोराडो निवासी नेवाः समुदायले आइतबार एक कार्यक्रम आयोजना गरी एक आपसमा न्हूदँया भिंन्तुना आदान प्रदान गरेका छन् ।

नेवाः खलः कोलोराडोले आयोजना गरेको न्हूदँया भिन्तुना कार्यक्रममा सहभागी भई उनीहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका हुन् । यसै अवसरमा संस्थाको नयां पदाधिकारीको घोषणा तथा सम्मान कार्यक्रम समेत गरिएको थियो ।

पूर्वसचिव, गायिका तथा महिला नेतृ उर्मिला श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बरिष्ठ अधिवक्ता तथा नेपालबार एशोसिएसनका पूर्व अध्यक्ष बिश्वकान्त मैनाली कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी गन्यमान्य, बुद्धिजिवी, आयोजक संस्थाका पदाधिकारी, पत्रकार तथा नेपालीभाषी बाआमा दाजुभाई दिदी बहिनीको बाक्लो उपस्थिती रहेको थियो ।

प्रमुख अतिथि उर्मिला श्रेष्ठद्धारा पानसमा बत्ती बालेर उद्धाटन गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष भुषणलाल श्रेष्ठले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको महत्व बारे प्रकाश पारेका थिए ।

राष्ट्रिय बिभुती तथा नेपाल संम्वतका प्रवर्तक संखधर शाख्वाको फोटोमा माल्यार्पण गरी कार्यक्रमलाई अगाडी बढाईएको थियो । समारोहमा न्हूदँया ११४५ राष्टिय समारोह समितीका अध्यक्ष राजेन्द्र श्रेष्ठले नेपाल बाहिर अमेरीकाको कोलोराडोमा नेपाल संम्वत मनाउन लगेकोमा खुसी ब्यक्त्त गर्दै नेपाल सम्वतको शुभकामना, कार्यक्रमको महत्व र नेवाःखलःलाइ धन्यवाद सहितको भिडियो संन्देश सुनाइएको थियो ।

कार्यक्रममा उपस्थित अतिथीहरुले नेपाल संम्बतको ११४५ को उपलक्ष्यमा सबैलाई शुभकामना दिदै राष्ट्रिय बिभुती शाख्वाको देनबारे प्रकाश पारेका थिए । यसरी मन्तब्य राख्नेहरुमा हेल्पीङ हेण्डका अध्यक्ष तथा समाजसवी नारायण श्रेष्ठ, प्रमुख अतिथी उर्मिला श्रेष्ठ, संस्थाका संस्थापक अध्यक्ष प्रेमकाजी श्रेष्ठ रहेका थिए । उनिहरले नेःवा संस्कृती र परंपरा बिशाल रहेको जसले नेपाललाई बिश्व माझ चिनाउन मद्दत गर्ने धारणा राख्दै कार्यक्रमलाई एउटा घरभित्र सिमीत नगरी यहाको स्थानीयहरुमाझ प्रश्तुत गर्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा नेपाली समुदायलाइ एकताबद्द तुल्याउन तथा नेपाली संस्कृतीको जगेर्नागर्न महत्वपूर्ण योगदान पुर्याएको भन्दै कोलोराडोमा कृयसिल संस्था नेपाली घरलाइ सम्मान गरिएको थियो । समारोहमा नेपाली घरका उपाध्यक्ष गंगा चौलागाइलाई र बिभिन्न सामाजिक संजालको माध्यमबाट नेपाली भाषी समुदायको गतिबिधिहरु समुदायलाइ सुसुचित गराउन अमुल्य योगदान पुर्याएको भन्दै स्वतन्त्र पत्रकार नातिबाबु भट्टलाइ मायाको चिनो तथा सम्मानपत्र प्रदानगरी सम्मान गरिएको थियो ।

यसैगरी सोही समारोहमा संस्थाको अगामी कार्यकालकोलागी नयॉं कार्यसमिति घोषणा गरिएको थियो । यसरी घोषीत नव निर्वाचित पदाधिकारीहरू यसप्रकार रहेका छन् । अध्यक्ष भूषण लाल श्रेष्ठ, निवर्तमान अध्यक्ष प्रेमकाजी श्रेष्ठ, उपाध्यक्ष मनोजकाजी तुलाधर, महासचिव संञ्जय शाक्य, सचिव नारायणप्रसाद दुवाल, कोषाध्यक्ष रोशन महर्जन, सॉंस्कृतिक सचिव सुरेन्द्र महर्जन, इभेन्ट अफिसर शर्मिला प्रधान, पब्लिक रिलेसन अफिसर अनिल बज्राचार्य रहेका छन् ।

यसैगरी संस्थाका सदस्यहरूमा सुरेश श्रेष्ठ, जोशन श्रेष्ठ, राजन जोशी, मनिष ताम्राकार रहेका छन् । संस्थाको सल्लाहकारहरूमा भुवनकृष्ण श्रेष्ठ, धर्मराज श्रेष्ठ तथा मयजु कल्व संयोजक रमिता तुलाधर, आईटी संयोजक मोहनकाजी श्रेष्ठ, ल्यायम्ह कल्व संयोजक बिकेश प्रधान, लयताच्यः संयोजक रामगोपाल श्रेष्ठ रहेका छन् ।

कार्यक्रममा संस्थाका आजिवन सदस्यहरुलाई संस्थाका अध्यक्ष तथा संस्थापक अध्यक्षले प्रमाण पत्र प्रदान गरि सम्मान गरेका थिए । त्यसैगरी कार्यक्रममा कुमारी रथ निर्माणमा अमुल्य योगदान गर्ने तथा कार्यसमितीको बिगत दुईबर्षे कार्यकालमा संस्थालाई संस्थालाइ महत्वपुर्ण योगदान दिने बिभिन्न पदाधिकारीहरुलाई मायाको चिनो प्रदानगरी सम्मान गरिएको थियो । त्यसैगरी कार्यक्रममा स्थानीय कलाकारहरुले नेवारी गीत गाएर, नेवारी संगीत प्रश्तुत गरी कुशल नृत्य प्रश्तुत गरेका थिए ।

भक्तपुरका राजा राघब देवलाई उनका ज्योतीषले साईत जुराई काठमाण्डौं स्थित बिष्णुमतीको बालुवा लिएर आएमा सुनमा परिणत हुने सल्लाह दिए । सल्लाह अनुसार राजाले साईत जुराई बालुवा लिन पठाए । काठमाण्डौमा ब्यापार गरी बसेका शंखधरले भक्तपुरका मानीसले काठमाण्डौ देखी बालुवा किन लग्दैछन् यसमा पक्कै केही रहस्य हुनुपर्दछ भन्ने सोचेर बालुवा बोक्ने भरियाहरुलाई त्यो बालुवा छोडेर अर्को बालुवा लिएर गए पैसा दिने बताए । पैसा पाउने भएपछि भरियाले बालुवा छोडेर गए नभन्दै ती सबै बालुवा सुनमा परिणत भयो । त्यही सुन बेची शंखधरले सबै नेपालीको श्रृण तिरी दिई नेपाल संम्बत चलाएका थिए ।

नेवाः खलःका अध्यक्ष भुषणलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रम सबिता श्रेष्ठले संचालन गरेकी थिईन । नेवारी सांस्कृती जोगाईराख्न, तथा अमेरीकामा जन्मेहुर्केका बालबालिकाहरुलाई नेवारी सांकृती पहिचाहन गराउन नेवाः खलःले हरेक बर्ष यस्ता कार्यक्रमहरु आयोजना गर्दै आएकाको छ ।

प्रतिक्रिया दिनुहोस्