६ मंसिर २०८१, बिहीबार

स्थानीय तह उपनिर्वाचनमा ४२ पदका लागि ४०७ जनाको मनोयनपत्र दर्ता

कोलोराडोखबर संवाददाता , November 18th, 2024

नेपाल । आसन्न स्थानीय तह उपनिर्वाचनअन्तर्गत विभिन्न ४२ पदका लागि चारसय सात जनाको मनोयनपत्र दर्ता भएको छ ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त जम्मा आठ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी ८४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

गाउँपालिका र नगरपालिका वडा अध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, दुईसय ९३ पुरूष र एक अन्य गरी जम्मा तीनसय २३ जनाको मनोयनपत्र दर्ता भएको हो ।

कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा दुई महिला र ओखलढुङ्गा जिल्ला समन्वय समितिको प्रमुखमा एक जना पुरुष उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्