६ मंसिर २०८१, बिहीबार

पाकिस्तान, कतार, इजरायल र चीनका राजदूतहरूद्वारा सपथ ग्रहण

कोलोराडोखबर संवाददाता , November 18th, 2024

नेपाल । विभिन्न चार देशका राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

पाकिस्तान, कतार, इजरायल र चीनका लागि अनुमोदित राजदूतहरूलाई आइतवार शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

शपथग्रहण गर्ने राजदूतहरूमा कतारका लागि अनुमोदित रमेशचन्द्र पौडेल, इजरायलका लागि अनुमोदित प्रा. धनप्रसाद पण्डित, चीनका लागि अनुमोदित प्राडा कृष्णप्रसाद ओली र पाकिस्तानका लागि अनुमोदित रीता धिताल छन् ।

प्रतिक्रिया दिनुहोस्