नेपाल । कात्तिक २ गतेदेखि पोखरामा प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेबिरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी भएको छ ।
सहकारी ठगी मुद्दामा लामिछानेसहित २२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला अदालत काठमाडौंबाट पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । पुर्जी जारी हुने २२ मध्ये रविसँगै पूर्वडीआईजी छविलाल बन्जाडे जोशी पनि छन् ।
काठमाडौंमा सञ्चालित स्वर्णलक्ष्मी सहकारीबाट बचतकर्ताको अर्बौं रकम हिनामिना भएपछि छानबिनका क्रममा लामिछाने, जोशी संलग्न गोर्खा मिडिया प्रालिमा रकम प्रवाह भएको पाइएको छ । काठमाडौं महानगरपालिकाको छानबिन प्रतिवेदनका आधारमा उक्त घोटाला प्रकरणमा रवि र छविको संलग्नता देखिएको हो ।
लामिछाने बिरुद्ध रुपन्देहीमा पनि यसअघि नै पक्राउ पूर्जी जारी भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्