६ मंसिर २०८१, बिहीबार

‘मह जात्रा’ प्रहसनमार्फत एक दशकपछि मञ्चमा फर्किए मह जोडी

कोलोराडोखबर संवाददाता , November 17th, 2024

नेपाल । एक दशकपछि मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पुनः मञ्चमा फर्किनुभएको छ ।

‘मह जात्रा’ प्रहसनमार्फत पुनः मञ्चमा फर्किनुभएका महलाई हेर्न काठमाडौँको नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा दर्शकको भीडभाड छ । कार्यक्रममा सबै वर्ग र समूहका दर्शकको उपस्थिति देखिएको र महको प्रस्तुतिमा रमाएको कलाकार किरण केसीले जानकारी दिनुभयो ।

प्रहसनमा कलाकार राजाराम पौडेल, शिवहरि पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिम्खडा, यमन श्रेष्ठ, दिनेश काफ्ले र विभुषा बस्नेतले पनि आफ्नो प्रस्तुति दिइरहनुभएको छ ।

मह सञ्चार र सुश्री मिडिया प्रालिको सहकार्यमा प्रस्तुत यो कार्यक्रम ‘मह जात्रा’ ले दर्शकलाई हँसाउने मात्र होइन, समाजप्रति नवीन दृष्टिकोण राख्न प्रेरित गर्ने विश्वास आयोजकको छ ।

मीरा फाउन्डेसन र मानव सेवा आश्रमको सहयोगार्थ कात्तिक २९ गतेदेखि सुरु भएको ‘मह जात्रा’ मङ्सिर १, ४, ५, ६, १२, १३, १७ र १८ सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्