नेपाल । शनिबार ‘राष्ट्रिय कर दिवस, २०८१’ का अवसरमा उत्कृष्ट करदातालाई सम्मानित गरिएको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले उत्कृष्ट करदातालाई सम्मानित गर्नुभएको हो । व्यक्तिगत आयकरतर्फ गत आर्थिक वर्ष सबैभन्दा बढी कर व्यवसायी राजबहादुर शाहले तिर्नुभएको छ ।
यस्तै भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङदेखि नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसम्मलाई उत्कृष्ट करदाताका रुपमा सम्मानित गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्