अमेरिका । युरोपियन नेशन लिगमा लिग बि को ग्रुप तीन अन्तरगतको खेलमा नर्वेले स्लोभानियालाई ४–१ गोलले पराजित गरेको हो । शुक्रवार बिहान भएको खेलमा नर्वेको तर्फबाट नुसाले २ तथा हाल्याण्ड र हेगले समान १–१ गोल गरे । स्लोभानियाको तर्फबाट एक मात्र गोल सेकोले पेनाल्टी मार्फत गरे ।
सोही समूहको अर्को खेलमा अस्ट्रियाले काजकिस्तानलाई २–० गोलले पराजित गरेको छ ।
दुवै खेलपछि तालिकामा ५ खेलबाट १० अंकसहित अस्ट्रिया पहिलो स्थानमा रहँदा समान खेलबाट उत्तिकै अंक बटुलेको नर्वे दोस्रो स्थानमा छ ।
सात अंकसहित स्लोभानिया तेस्रो स्थानमा हुँदा १ अंक बटुलेको ताजकिस्तान चौथोमा छ ।
प्रतिक्रिया दिनुहोस्