६ मंसिर २०८१, बिहीबार

गीतः दुःख त्यो हो कहिलेकाही आएपछि जान्छ

कोलोराडोखबर संवाददाता , November 16th, 2024

–तुलसी घिमिरे–
फारोगरी जिन्दगी यो बाँच्न पाए हुन्थ्यो
जस्तै गाह्रो परेपनी हाँस्न पाए हुन्थ्यो ।

दुःख त्यो हो कहिलेकाही आएपछि जान्छ
जसोगरी भेल पसि फोहोर मैलो लान्छ ।

यो रातमा झ्याँउकिरीले गाँउछ मिठो गीत
बिहानीमा लाली छर्दै खुल्दछ क्षितिज ।

धरतिमा एउटा प्यारो झलमल जुन छ
त्यही पनी अँधेरीमा भक्कानिदै रुन्छ ।

मनभित्र थियो अस्मेल कति कति इच्छा
माटो मात्र जोति रहे फलेन कतै शिक्षा ।

मेरो भन्नू प्यारो मानिस दुनियाँमा कुन छ ?
सधैंभरी यो दुःखले माखी साङ्लो बुन्छ ।
–हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्