६ मंसिर २०८१, बिहीबार

कुलपति राईद्वारा कविता सङ्ग्रह ‘पानीको रङ’ विमोचन

कोलोराडोखबर संवाददाता , November 16th, 2024

नेपाल । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले प्रवासमा रहेर आफूभित्रको कविलाई निरन्तरता दिँदै कविता सङ्ग्रह निकाल्नु सुखद् रहेको बताउनुभएको छ ।

साहित्यकार ऋषि बस्ताकोटीद्वारा लिखित कविता सङ्ग्रह ‘पानीको रङ’को विमोचन समारोहमा कुलपति राईले प्रवासी जीवनमा रहेका नेपालीले देशलाई गर्ने मायाले कवि बनाउने बताउनुभयो ।

साहित्यकार बस्ताकोटीले आफूले ३० वर्षदेखि कोरेको कवितालाई सङ्ग्रह गरेर पुस्तकको रूप दिएको बताउनुभयो ।

शिख बुक्सले बजारमा ल्याएको ‘पानीको रङ’ का विषयमा हरिहर तिमिल्सेना, राजकुमार बानियाँ र राधिका कल्पितले समीक्षा गर्नुभएको थियो । यस्तै, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ बाबा बस्नेत, डा कृष्णराज अधिकारीले कविता सङ्ग्रहको चर्चा गर्दै शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्