नेपाल । विश्वकप छनोट खेल अन्तरगत दक्षिण अमेरिकी समूहको शुक्रवार बिहान सम्पन्न खेलमा अर्जेन्टिनालाई पराजित गर्दै पराग्वे विजयी भएको छ ।
सुरुवाती अग्रतालाई जोगाउन नसक्दा अर्जेन्टिनालाई पराग्वेले २-१ ले पराजित गरेको हो ।
खेलमा मार्टिनेजले ११ औँ मिनेटमा अर्जेन्टिनालाई पहिलो अग्रता दिलाएका थिए । तर खेलको १९ औँ मिनेटमा पराग्वेका एन्टनियो सनाब्रीयाले बराबरी गोल फर्काए ।
पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफको ४७ औँ मिनेटमा पराग्वेले गोल गर्न सफल भयो । उसको लागि उमर एल्डरेटले गोल गरेपछि खेल पराग्वेले जित्यो ।
प्रतिक्रिया दिनुहोस्