७ बैशाख २०८२, आईतवार

महिला क्रिकेट खेलाडीलाई जनही २ लाख ५० हजार पुरस्कार दिने घोषणा

कोलोराडोखबर संवाददाता , November 15th, 2024

नेपाल । नेपाल क्रिकेट संघ (क्यान) ले यू–१९ महिला टी–२० विश्वकपमा पुगेको नेपाली क्रिकेट खेलाडीलाई पुरस्कार रकम दिने घोषणा गरेको छ ।

क्यानले यू–१९ महिला टिमक सदस्यलाई जनही २ लाख ५० हजार र टिम अफिसियललाई एक लाख ५० हजार नगद पुरस्कार दिने निर्णय गरेको हो ।

युएईलाई पराजित गर्दै पहिलो पटक यू–१९ महिला विश्वकपमा छनौट भएको नेपाल यू–१९ एशिया कपमा पनि छनौट भएको छ ।

प्रतिक्रिया दिनुहोस्