६ मंसिर २०८१, बिहीबार

सहकारी ठगी प्रकरणमा जोडिएका धनराजसँग सिआइबीले बयान लियो

कोलोराडोखबर संवाददाता , November 14th, 2024

नेपाल । सहकारी ठगी प्रकरणमा जोडिएका सत्तारुढ नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङलाई प्रहरीले बयान लिएको छ ।

मितेरी सहकारी ठगीबारे गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) मा बोलाएर बुधबार घटना विवरणको कागज गराइएको हो ।

सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीका अनुसार गुरुङसँग अनुसन्धान अधिकृतहरुले बुधवार मध्यान्ह १२ बजेदेखि ५ बजेसम्म सोधपुछ गरेका थिए ।

ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको आरोपमा सहकारीका सञ्चालक ज्योति गुरुङ सहित ५ जना विरुद्ध जाहेरी परेको छ । ज्योति गुरुङ धनराजकी पूर्वपत्नी हुन् ।

प्रतिक्रिया दिनुहोस्