७ बैशाख २०८२, आईतवार

नेपाली टोली १९ वर्ष मुनिको महिला टी-२० विश्वकपमा छनौट

कोलोराडोखबर संवाददाता , November 14th, 2024

नेपाल । नेपाली युवा महिला क्रिकेट टोली विश्वकपमा छनोट भएको छ । नेपाल आईसिसी यू-१९ महिला टी-२० विश्वकपमा छनोट भएको छ ।

एसियाली छनोटको अन्तिम खेलमा बुधबार यूएईलाई हराएर नेपालले पहिलोपटक विश्वकपमा स्थान बनाएको हो ।

पहिला ब्याटिङ गरेको यूएईलाई ८३ रनमा सीमित गर्दै नेपालले जितको आधार बलियो बनाएको थियो ।

नेपालले विश्वकपमा छनोट हुन १६.२ ओभरमा लक्ष्य पुरा गर्नुपर्ने थियो । नेपालले १५ औँ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

यो जीतसँगै नेपालले आगामी जनवरीमा मलेसियामा हुने आईसिसी यू–१९ महिला टी–२० विश्वकपमा खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्