नेपाल । मन्त्रीपरिषद्को निर्देशन अनुसार नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगहरूमा काटिएको विद्युत् लाइन जोड्न प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
आइतबार बसेको मन्त्रीपरिषद् बैठकले डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादको समाधान निकाल्न लाल आयोगको प्रतिवेदनको सिफारिस अनुसार महसुल निर्धारण गरी १५ दिनभित्र असुल गर्ने गरी उद्योगमा काटिएको लाइन जोड्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको थियो ।
डेडिकेटेड र ट्रङ्क लाइन महसुलबापतको प्रिमियम रकम नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले गत असोज २४ गते ४९ उद्योगको सूची र रकमसहित १५ दिने म्यादसहितको सूचना जारी गरेको थियो । सोही अनुसार कात्तिक ८ गते ३४ उद्योगको विद्युत् आपूर्ति विच्छेद गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्