७ बैशाख २०८२, आईतवार

नेपालले कुवेतलाई १६५ रनले हरायो

कोलोराडोखबर संवाददाता , November 13th, 2024

नेपाल । यूएईमा जारी यू-१९ महिला टी २० विश्वकप छनोटमा नेपालले कुवेतलाई निरिह बनाउँदै १६५ रनको जित दर्ता गरेको छ ।

नेपालले कुवेतलाई २१४ रनको विशाल लक्ष्य दिएको थियो । नेपाललाई विशाल जित दिलाउन कप्तान पूजा महतोले बलिङ र ब्याटिङमा शानदार प्रदर्शन गरिन् ।

उनले ६९ बलमा अविजित १३० रन बनाएपछि नेपालले २१३ रनको पहाड खडा गरेको थियो । बलिङमा पनि चम्किएकी पूजाले ५ विकेट लिएपछि कुवेत ४८ रनमा नै अलआउट भयो । पूजाले ४ ओभरमा केवल ८ रन खर्चिएकी थिइन् ।

कुवेतकी जीफा जिलानीले संघर्ष गर्दै ३६ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्