अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित हर्कुलिस शहरका डिल्ली भट्टराई नगर परिषद सदस्यमा विजयी भएका छन् ।
वर्तमान योजना आयुक्त रहेका उनले गत नोभेम्बर ५ मा सम्पन्न अमेरिकी आमनिर्वाचनमा चार जना प्रतिस्पर्धीबीच दोस्रो स्थान हासिल गर्दै परिषद सदस्यको पद सुरक्षित गरेका हुन् ।
भट्टराईको कार्यकाल जनवरी १ देखि सुरु हुने छ र यो कार्यकाल चार वर्षसम्म रहनेछ । नगर परिषदको निर्णयअनुसार, कार्यकालको बीचमा नगर प्रमुखको पालो स्वचालित रूपमा आउने भएकाले उनले १–२ वर्षभित्र हर्कुलिसको नगर प्रमुख बन्ने अवसर प्राप्त गर्न सक्नेछन् ।
भट्टराई नेपाली मूलका एक सामाजिक अभियन्ता हुन्, जो लामो समयदेखि क्यालिफोर्नियामा बसोबास गर्दै आइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्