६ मंसिर २०८१, बिहीबार

टिकटक नेपालमा आधिकारिक रुपमा दर्ता

कोलोराडोखबर संवाददाता , November 8th, 2024

नेपाल । नेपालमा पहिलो पटक आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक दर्ता भएको छ ।

तिहार अघि नै दर्ता प्रक्रिया पुरा भइसकेको भए पनि मङ्गलवार मात्रै टिकटकको कम्पनीले नेपालमा आधिकारिक रूपमा दर्ता भएको प्रमाणपत्र लिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

यस अघि नेपालमा टिकटक आधिकारिक नभए पनि अब भने आधिकारिक रूपमा नेपालको ऐन कानूनको परिपालना गर्ने प्रक्रियामा अघि बढेको छ ।

यसअघि टिकटकमार्फत भइरहेका साइबर अपराधमा उक्त कम्पनीले कुनै पनि सूचना नै नदिने गरेको भए पनि टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता भएसँगै साइबर अपराधको अनुसन्धानमा उक्त कम्पनीले सघाउने प्रतिबद्धता जनाएको छ ।

निर्देशिकाको दफा ३ को उपदफा ८ अनुसार दर्ता भएको सामाजिक सञ्जाल प्लेटमर्फ सञ्चालन गर्ने व्यक्ति, कम्पनी वा संस्थाले प्रत्येक ३ वर्षमा विवरण अद्यावधिक गराउनुपर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्