नेपाल । आईसीसी महिला यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले थाइल्यान्डलाई पराजित गरेको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई) को द सेभेन क्रिकेट रङ्गशालामा सम्पन्न खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
नेपालले प्रस्तुत गरेको १०३ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ११.४ ओभरमा सबै विकेट गुमाउँदै ३५ रनमै समेटियो ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०२ रनको योगफल तयार पारेको थियो ।
यही कात्तिक २९ गतेसम्म चल्ने उक्त प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली विश्वकपमा छनोट हुनेछ ।
विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्