३ माघ २०८१, बिहीबार

अमेरिकामा ४७औँ राष्ट्रपति चयनका लागि हुुने निर्वाचन मंगलबार सम्पन्न हुँदै

कोलोराडोखबर संवाददाता , November 5th, 2024

अमेरिका । अमेरिकामा ४७ औँ राष्ट्रपति चुन्नका लागि हुने निर्वाचन मङ्गलबार सम्पन्न हुँदैछ ।

निर्वाचनको प्रमुख दिन नोभेम्बर ५ अर्थात् मङ्गलबार अमेरिकी नागरिकले राष्ट्रपति चयन गर्न मतदात गर्दैछन् ।

अमेरिकी इतिहासमा ४७ औँ राष्ट्रपति चयन गर्ने निर्वाचनमा १६ करोड ६४ लाख मतदाताले मतदानमा भाग लिँदै छन् ।

विभिन्न राज्यमा शृङ्खलाबद्ध रूपमा भइरहेको मतदानको पहिलो चरणसम्म आइपुग्दा झन्डै आठ करोड नागरिकले मतदान गरिसकेका छन् ।

राष्ट्रपति पदका लागि डेमोक्र्याटिक पार्टीबाट उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प उम्मेदवार हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्