नेपाल । नेपाल विद्युत् प्राधिकरणले ट्रंक र डेडिकेटेड लाइन प्रयोगको बक्यौता नतिर्ने ४ वटा उद्योगको विद्युत काटेको छ ।
शुक्रबार विद्युत काटिएका उद्योगहरुमा जगदम्बा स्टिल, घोराही सिमेन्ट उद्योग, रिलायन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्ट हुन् ।
जगदम्बा स्टिलले ४ अर्ब १४ करोड, घोराही सिमेन्टले १ अर्ब ३६ करोड, रिलायन्स स्पिनिङ मिल्सले १ अर्ब ९४ करोड र अर्घाखाँची सिमेन्टले १ अर्ब ३० करोड बक्यौता तिर्न बाँकी रहेको छ ।
केही दिन अघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लाइन काटेरै भएपनि बक्यौता उठाउन प्राधिकरणलाई निर्देशन दिएका थिए ।
विगतमा दैनिक १८ घण्टासम्म लोडसेडिङको अवस्थामा उद्योगीहरुले सरकारसँग २४ घण्टा विद्युतको माग गरेका थिए । २०७२ सालमा विद्युत् महसुल निर्धारण आयोगको बैठकले उद्योगी र व्यवसायीलाई डेडिकेटेड लाइनको सुविधा दिने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्