अमेरिका । नेपाल हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलबाट बाहिरिएको छ । शनिबार भएको खेलमा नेपाल श्रीलङ्कासँग ४० रनले पराजित भएको हो ।
हङकङको मिसन रोड क्रिकेट मैदानमा भएको क्वाटरफाइनल खेलमा श्रीलङ्काले दिएको एक सय २४ रनको लक्ष्य पछ्याएको नेपालले पाँच ओभरमा सबै विकेट गुमाउँदै ८३ रन मात्र बनायो । नेपालका लागि राशिद खानले सर्वाधिक ५५ रन बनाए । उनले १८ बलमा आठ छक्का र एक चौका हाने । यस्तै नारायण जोशीले १३ रन बनाए ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलङ्काले निर्धारित ६ ओभरमा दुई विकेट गुमाउँदै एक सय २३ रन बनायो ।
यसअघि समूह चरणको खेलमा भने नेपालले इङ्ल्यान्ड र अस्ट्रेलियालाई हराएको थियो ।
प्रतिक्रिया दिनुहोस्