८ मंसिर २०८१, शनिबार

कविताः फूल, जून र नदी

कोलोराडोखबर संवाददाता , November 2nd, 2024

–आर. आर. चौलागाईं–

फूल फुल्यो तर हाँसेन
जून उदायो तर टल्किएन
नदी बग्यो तर सुसाएन ।

तिमी फूल
तिमी जून
तिमी नदी ।

फूलसँग मेरोमात्रै एकोहोरो प्रेम भयो
जूनसँग मेरोमात्रै एकोहोरो लगाव भयो
नदीसँग मेरोमात्रै एकोहोरो समर्पण भयो ।

फूलको मन साह्रै कठोर रहेछ
जूनको उज्यालो साह्रै मधुरो रहेछ
नदीको धार साह्रै बोधो रहेछ ।

–हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्