–रमेशचन्द्र घिमिरे–
टौवामाथि दुनाको
भात खान पायो
पोहोर जस्तै कागलाई
पुज्ने दिन आयो
मान्छेले झैँ चुटुक्कको
फूलको माला लायो
अचम्मै भो कुकुरलाई नि
पुज्ने दिन आयो
उज्यालो भो औँसी अनि
मनमा खुसी छायो
पैसा चढाई लक्षिमीलाई
पुज्ने दिन आयो
घाँस खान्थ्यो ढुटो खान्थ्यो
मिठो कुँडो खायो
गाई अनि गोरुलाई
पुज्ने दिन आयो
देउसीबाट फर्क्यो भाइ
हाँस्यो मुस्कुरायो
हामीलाई नि दिदीले
पुज्ने दिन आयो ।
–भोर्लेटार, लमजुङ ।
प्रतिक्रिया दिनुहोस्