११ पुष २०८१, बिहीबार

कम्युनिस्ट पार्टीमा बढ्दै गएको भ्रष्टीकरण प्रमुख समस्याः नेपाल

कोलोराडोखबर संवाददाता , November 1st, 2024

नेपाल । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिस्ट पार्टीमा बढ्दै गएको भ्रष्टीकरण प्रमुख समस्या भएको बताउनु भएको छ।

गत बुधबार काठमाडौँमा भएको ‘नेकपा कम्युनिस्ट पार्टीको ७५ वर्ष र आगामी कार्यभार’ विषयक अन्तर्क्रियामा बोल्दै नेपालले भ्रष्टीकरण अन्त्य नभएसम्म समस्याको समाधान नहुने औँलाउनु भएको हो ।

पछिल्लो समय पार्टी र नेताप्रति जनताको विश्वास गुम्दै गएकोतर्फ उहाँले चिन्ता व्यक्त गर्नु भयो । कार्यक्रममा उनले कम्युनिस्ट पार्टी अलगअलग हुनु राम्रो होइन भन्दै एक भएर देश र जनताको समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

अहिले नेपालको कम्युनिस्ट पार्टीमा जडसुत्रवादी चिन्तन र दक्षिणपन्थी चिन्तन हाबी भएकाले समस्या झन् जटिल भएको उहाँको भनाइ थियो । नेपाली विशेषताको समाजवाद कस्तो हुन्छ, त्यसमा बहस गर्न आवश्यक रहेको नेपालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्