६ मंसिर २०८१, बिहीबार

साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग पराजीत

कोलोराडोखबर संवाददाता , October 31st, 2024

नेपाल । दशरथ रंगशालामा बुधबार राति सम्पन्न साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग पराजीत भएको छ ।

फाइनलमा घरेलु टोली नेपाललाई २–१ गोलले पराजित गर्दै बंगलादेशले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।

नेपालविरुद्ध बंगलादेशले खेलको ५१औं मिनेटमा गोल गरेको थियो । त्यसको ४ मिनेटमै नेपालकी अमिशा कार्कीले गोल गर्दै बराबरीमा फर्काएकी थिइन् ।

तर, खेलको ८१औं मिनेटमा गोल गर्दै बंगलादेशले अग्रता लियो । त्यसपछि दुवैतर्फबाट गोल नभएपछि बंगलादेशले लगातार दोस्रोपटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।

नेपालले भने छैटौं पटक पनि उपविजेतामा सीमित भयो ।

प्रतिक्रिया दिनुहोस्