११ पुष २०८१, बिहीबार

अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु होः किराती

कोलोराडोखबर संवाददाता , December 22nd, 2023

नेपाल । आफ्नै अभिव्यक्तिले विवादमा परेका पर्यटनमन्त्री सुदन किरातीले सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिएका छन् ।

किरातीको प्रतिक्रियाः
बहशको लागि सबैलाई धन्यवाद ।
संविधानलाई पालना गर्दै भातृत्व र सहिष्‍णुता कायम गरौं

अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने मेरो जोड हो,

भन्‍नलाई त मलाई
पशुपतिनाथ सफा गर्दा हिन्दु भने,
बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्‍ट भने,
मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने,
क्रिष्‍टियनको कार्यक्रममा जाँदा क्रिष्‍टियन भने,

फेरिपनि भन्छु अहिले म सबैको अभिभावक हुँ त्यसैले सबै अस्तित्वको समान गर्छु र सबैले गरौ । अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो ।

प्रतिक्रिया दिनुहोस्