११ आश्विन २०८१, शुक्रबार

चार्ल्स युनिभर्सिटीमा गोली प्रहारबाट १४ जनाको मृत्यु

कोलोराडोखबर संवाददाता , December 22nd, 2023

एजेन्सीहरु । बिहीबार चेक गणराज्यको राजधानी प्रागस्थित चार्ल्स युनिभर्सिटीमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहारबाट १४ जनाको मृत्यु भएको छ । घटनामा अन्य २४ जना घाइते भएका छन् ।

मानविकी संकाय (आर्टस् फ्याकल्टी) का एक २४ वर्षीय विद्यार्थीले अन्धाधुन्द गोली चलाउँदा मानिसहरुको भागदौड मच्चिएको थियो ।

चार्ल्स विश्वविद्यालय चेक रिपब्लिकको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो विश्वविद्यालय हो ।

प्रतिक्रिया दिनुहोस्