अमेरिका । अमेरिका र क्यानडामा रास्वपाका समर्थकहरुले प्रदर्शन गरेका छन् । पार्टी सभापति रवि लामिछानेलाई सरकारले प्रतिशोधपूर्ण तरिकाले पक्राउ गरेकोमा सो को विरोध गर्दै प्रदर्शन गरिएको हो ।
यसैक्रममा अक्टोबर २७, २०२४, आइतबार साँझ ४ बजे, अमेरिकाको कोलोराडो राज्यको डेनभर सहर अन्तर्गत सेन्ट्रल पार्कमा रास्वपा समर्थक तथा शुभेच्छुकहरूले नेपालमा पार्टी सभापति लामिछानेविरुद्ध भइरहेको प्रतिशोधपूर्ण गतिविधि र राज्य शक्तिको चरम दुरुपयोगको विरोधमा प्रदर्शन गरे ।
यस कार्यक्रममा सहभागीहरूले निर्दोषलाई फसाउने र दोषीलाई बचाउने अधिनायकवादी प्रवृत्तिको घोर निन्दा गर्दै आफ्नो धारणा राखे । प्रदर्शनमा भौतिक रूपमा उपस्थित समर्थकहरूसँगै अन्य राज्यहरू र क्यानडाबाट पनि भर्चुअल माध्यममार्फत समर्थन तथा ऐक्यबद्धता प्रकट गरियो।
त्यसअघि, अक्टोबर २६, २०२४ का दिन, दिउँसो करिब १ः३० बजे क्यानाडाको Alberta राज्यको Edmonton सहर नजिकै रहेको एक पार्कमा रास्वपा समर्थक तथा शुभचिन्तकहरूले ब्यानर र नाराबाजी सहित पार्टी सभापतिविरुद्ध भइरहेको अन्याय र राज्य सत्ताको चरम अधिनायकवादको विरोधमा प्रदर्शन गरेका थिए ।
क्यानाडाको Edmonton निवासी रास्वपा समर्थक सुरज अधिकारीज्यूको नेतृत्वमा आयोजित यस कार्यक्रममा, अमेरिका र क्यानाडाका अन्य राज्यहरूबाट पनि भर्चुअल माध्यममार्फत सहभागिता जनाई एक्यबद्धता व्यक्त गरिएको थियो ।
दुवै कार्यक्रमहरू प्रबास नेपाली सम्पर्क विभाग अमेरिकाका उप-संयोजक दीपक सुनुवारको नेतृत्वमा सम्पन्न भएका थिए । अमेरिका र क्यानाडामा रहेका सम्पूर्ण रास्वपा समर्थकहरूले यस प्रकारका अन्याय र अधिनायकवादप्रति घोर आपत्ति र निन्दा व्यक्त गर्दै निरन्तर आवाज उठाउने प्रतिवद्धता जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्