अमेरिका । आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा जारी सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल अमेरिकासंग ३ विकेटले पराजित भएको छ ।
अमेरिकाको डलासको ग्रान्ड प्रिएरीमा गएराती भएको खेलमा नेपालले दिएको २८७ रनको लक्ष्य अमेरिकाले ४९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २८६ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ९६ रनको योगदान गरेका थिए । अनिल शाहले ५६, आसिफ शेखले ५२ र आरिफ शेखले ३७ रनको योगदान दिए । बलिङतर्फ अमेरिकाका नोष्थुश केन्जिगेले सर्वाधिक ४ विकेट लिएका थिए ।
लिग–२ मा ९ खेल खेलेको नेपालले एक खेलमा मात्र जित निकालेको छ ।
प्रतिक्रिया दिनुहोस्