अमेरिका । आईसीसी विश्वकप लिग टूमा अमेरिका स्कटल्यान्डसँग १० विकेटले पराजित भएको छ । अमेरिकाको ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा स्कटल्यान्ड विजयी भएको हो ।
स्कटल्यान्डले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको अमेरिकाले निकै खराब सुरुआत गर्यो । उसले ३४ ओभर चार बलमा सबै विकेट गुमाएर एक सय ४४ रन बनायो । ओपनर सुसान्त मोदानी र एन्ड्रिस गउसले २१ रनको मात्र साझेदारी गर्न सके । सुसान्त ८ र गउस ५ रनमा आउट भए। २१ रन बनाउँदा पहिलो विकेट गुमाएको अमेरिकाले त्यसपछि कुनै रन थप गर्न नपाउँदै बाँकी चार विकेट गुमाएको थियो ।
कप्तान मोनांक पटेल, मुक्कमल र सयन जाहाङ्गीर शून्यमा आउट भए । अमेरिकाले ५९ रनमा नै ८ विकेट गुमाएको निकै कमजोर अवस्थामा पुगेको थियो । विकेट नभएको अवस्थामा पनि हरमित सिंहले २२ रन जोडे । आठौं नम्बरमा मैदान प्रवेश गरेका साडली भान विकले उत्कृष्ट पारी खेल्दै ५८ रनको शादारन इनिङ खेलेका थिए । अन्तिममा नोस्थुस केन्जिगेले २१ रन बनाएका थिए ।
स्कटल्यान्डका लागि ब्राड करीले चार, ब्रान्डल म्याकमुलेनले तीन र ब्राल विलले दुई विकेट आफ्नो नाममा गरेका थिए ।
जवाफमा एक सय ४५ रनको लक्ष्य स्कटल्यान्डले विना विकेट क्षति पूरा गर्यो । उसका लागि ओपनर एन्ड्रिउ उमिदले ७९ बलमा ९८ रन जोडेका थिए। त्यसक्रममा उनले १३ चौका र दुई छक्का प्रहार गरे। चाली टियरले पनि ४३ रनको योगदान गरे ।
लिग टूको शृंखला अन्तर्गत आइतबार नेपालले अमेरिकासँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्