अमेरिका । अमेरिका र बेलायतका तीन वैज्ञानिकलाई यस बर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ ।
विजेताहरूमा टर्कीस–अमेरिकन ड्यारेन एसेमोग्लु, ब्रिटिश–अमेरिकन साइमन जोन्सन र बेलायती जेम्स ए रोबिन्सन रहेका छन् ।
उनीहरुले विभिन्न राजनीतिक तथा सामाजिक संस्थाको गठन र समाजको प्रगतिमा पार्ने प्रभावका विषयमा अनुसन्धान गरेबापत यो पुरस्कार पाएको नोबेल पुरस्कार समितिले जानकारी दिएको छ । तीनवटै अर्थशास्त्रीले वर्षौंको प्रयासपछि पनि गरिब मुलुकले धनी मुलुकजस्तो विकास गर्न नसकेको निष्कर्ष निकालेका छन् ।
प्रतिक्रिया दिनुहोस्