अमेरिका । यो वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार अमेरिकी वैज्ञानिक भिक्टर एम्ब्रोस र ग्यारी रुभ्कुनले पाउने भएका छन् ।
माइक्रो आरएनए पत्ता लगाएवापत उनीहरूलाई नोबेल पुरस्कार समितिले चिकित्सातर्फको पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । उनीहरूको खोजले पृथ्वीमा कसरी जटिल जीवन देखा पर्यो र मानव शरीर कसरी विभिन्न कोषहरू मिलेर बनेको छ भन्नेबारे नयाँ तथ्य पत्ता लगाएको बताइन्छ ।
दुई अमेरिकी वैज्ञानिकले मानव शरीरको प्रत्येक कोषमा समान प्रकारका डीएनएमा भएका आनुवंशिकताबारे अध्ययन गरेका थिए । उनीहरू माइक्रो आरएनए पत्ता लगाउने पहिलो व्यक्ति हुन् । मानव शरीरका कोशिकाहरू आकार र कार्यमा फरक पाइने गरेको उनीहरूले पत्ता लगाएका छन् ।
७० वर्षीय एम्ब्रोस युनिभर्सिटी अफ म्यासाचुसेट्स मेडिकल स्कुलका प्राध्यापक हुन् । यस्तै ७२ वर्षीय रुभ्कन हार्वर्ड मेडिकल स्कुलका प्राध्यापक हुन् । –अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुबाट ।
प्रतिक्रिया दिनुहोस्