अमेरिका । सोमबार भएको खेलमा आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा इङ्गल्यान्डले दक्षिण अफ्रिकालाई हराएको छ ।
शारजाहमा भएको खेलमा इङ्गल्यान्डले दक्षिण अफ्रिकालाई ७ विकेटले हराएको हो ।
दक्षिण अफ्रिकाले दिएको १ सय २५ रनको लक्ष्य पछ्याएको इङ्गल्यान्डले १९ ओभर २ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो ।
यसअघि इङ्गल्यान्डले पहिलो खेलमा बङ्गलादेशलाई हराएको थियो भने दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई हराएको थियो ।
प्रतिक्रिया दिनुहोस्