अमेरिका । इङलिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ।
शनिबार सम्पन्न खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई १–० गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा खेलको नवौं मिनेटमा डिओगो जोटाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि लिभरपुलको ७ खेलमा १८ अंक भएको छ र लिगमा शीर्ष स्थानमा कायम छ ।
त्यसैगरी, क्रिस्टल प्यालेसको भने यो यस सिजनमा चौथो हार हो। यो खेलपछि क्रिस्टल प्यालेसको ७ खेलमा ३ अंक रहेको छ र लिगमा १८औँ स्थानमा छ ।
अर्को खेलमा म्यानचेष्टर सिटीले फुलहमलाई ३–२ र आर्सनलले साउथह्याम्प्टनलाई ३–१ गोलले पराजित गरेको छ ।
लिगमा सिटी १७ र आर्सनल १७ अंकसाथ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
प्रतिक्रिया दिनुहोस्