नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आइतवार देखि बाढी पहिरो पिडितलाई राहत वितरण गर्ने भएको छ ।
गत हप्ताको भीषण वर्षा पश्चात आएको ठूलो बाढीपहिरोल नेपालमा व्यापक मानवीय र धनजनको क्षति पुगे पछि संघले भोलि ६ अक्टोबरबाट राहत वितरण गर्ने भएको संघका सहकोषाध्यक्ष कृष्ण तिमल्सीनाले जानकारी दिए ।
संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा काठमाडौ उपलब्ध पदाधिकारी तथा सदस्यहरुको बैठकले बाढी पहिरो प्रभावित क्षेत्रमा खटिने निर्णय गरेको हो ।
एनआरएनएले अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा काठमाडौको दक्षिणकाली नगरपालिका र मकवानपुरको इन्द्र सरोबर गाउँपालिकबाट पहिलो चरणमा राहत वितरण सुरु गर्ने भएको छ ।
यसअघि गैरआवासीय नेपाली संघले १ करोड बराबरको राहत वितरण गर्ने निर्णय गरेको थियो । सो अभियानमा एनआरएनए यूकेले १५ लाख रुपैया सहयोग गर्ने घोषणा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्