नेपाल । पछिल्लो एक बर्षको अवधिमा करिब ३ हजारले गैरआवासीय नेपाली नागरिकता लिएका छन् । २ हजार ९ सय ४७ जनाले गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिएका गृह मन्त्रालयको पछिल्लो तथ्याङ्कमा उल्लेख गरिएको छ ।
१ हजार ८ सय ६६ जनाले नेपाली नागरिकता त्यागेका छन् । गृह मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्ष नेपाली नागरिकता त्याग गर्ने संख्या २ सय ३७ मात्रै रहेको थियो । गैरआवासीय नेपाली नागरिकता वितरण सुरु भएपछि नेपाली नागरिकता त्याग गर्नेको संख्या बढेको हो ।
नेपालको नागरिकता फिर्ता नगरी विदेशी नागरिकता लिएको भएता पनि त्यस्तो व्यक्तिले गैरआवासीय नेपाली नागरिकता पाउँदैनन् । गैरआवासीय नेपाली नागरिकता लिन पहिले लिएको नेपाली नागरिकता फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
नेपालको संविधान २०७२ अनुसारको नागरिकता ऐन बनेपछि ३० असोज २०८० देखि नेपालमा गैरआवासीय नेपाली नागरिकता वितरण सुरु भएको थियो ।
नेपाल कानून आयोगले गत भदौ २७ गते प्रकाशित गरेको ‘गैरआवासीय नेपालीको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार कार्यान्वयन सम्बन्धी अध्ययन’ प्रतिवेदन अनुसार यस अवधिमा ६९ जिल्लाबाट गैरआवासीय नेपाली नागरिकता जारी भएको छ ।
प्रतिक्रिया दिनुहोस्